वर्तमान व्यवस्थाप्रति युवापुस्तामा विश्वास जगाउन आवश्यक

गैरसरकारी संस्था महासङ्घ नेपालले संविधान कार्यान्वयन गर्न, लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउनका लागि युवापुस्तामा वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्नेमा जोड दिएको छ । महासङ्घको २९औँ वार्षिक साधारणसभाबाट पारित गरेको ३१ बुँदे ‘नागरिक घोषणापत्र २०८०’ आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउन आमनागरिक र विशेषतः युवापुस्तालाई वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याइएको हो …