गत वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो ।
लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गतवर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थबिरले जानकारी दिए ।