विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु बैठकमा समसामयिक विषयमा छलफल हुन स्थायी कमिटी सदस्य सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए ।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका १२ पूर्वसांसद माथिको कारवाहीबारे छलफल हुने एमाले स्रोतले बतायो ।
यसअघिको स्थायी कमिटी बैठकले माधव नेपाल झलनाथ खनाल,...