महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर दबाब दिने

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर पञ्चेबाजासहित दबाब दिने भएको छ । घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरले यस्तो नीति अबलम्बन गरेको हो । आज मंगलबार पहिलो चरणमा महानगरले काठमाडौंको न्युरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा बाजागाजासहित करदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ ।  महानगरले २,३ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर÷जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम गर्न लागेको हो । &ls