हेटौंडा : २०७२ मा संविधान जारी भएपछि देश पहिलोपटक संघीयतामा गयो। ०७४ मा भएको निर्वाचनबाट पहिलोपटक मुलुकले ३ तहको सरकार पायो।संघीयतामा गएर देशले ३ तहको सरकार पाइरहँदा प्रदेश सरकार नौलो थियो। जसप्रति जनताको आशा र भरोसा पनि धेरै थिए।प्रदेश संरचनाले आफ्नो पहिलो पाँच वर्ष पुरा गरिसकेको छ। दोस्रो कार्यकालको लागि ४ मंसिरमा निर्वाचन भइसकेको छ। संविधान जारी भएपछि संघीय शासन व्यवस्थाअन्तर्गत प्रदेशले दोस्रो कार्यकाल सुरुवात गर्न लागेको हो। पाँचवर्षे पहिलो कार्यकालमा बामे सर्न मात्रै सिकेको बागमती प्र