नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले स्थानीय निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । प्रदेश समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले १४ जनालाई अनुशासनको कारबाही गरिएको जानकारी गराएका हुन् । कारबाहीमा पर्नेमा प्रदेश सदस्यहरू केपी बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाल छन् । उनीहरूलाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको छ । यस्तै पार्टी सदस्यब