अर्थसमितिमा अर्थमन्त्री : अवैध सुन रोक्न विमानस्थलमा ‘टास्क फोर्स’, सरकारको पुँजीगत खर्च नहुँदा तरलता अभाव

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा खटाएको जानकारी दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीका घटना बढ्दै गर्दा उनले 'टास्क फोर्स' को व्यवास्था गरिएको बारे बोलेका हुन्। प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा उनले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै…