लघुवित्तले डेढ प्रतिशतभन्दा बढी असुलेको रकम फिर्ता गर्नुपर्ने

लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकबाट लघुवित्त कम्पनीले वार्षिक एक दशमलव पाँच प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमतिसमेत भएको […]

सम्बन्धित सामग्री

लघुवित्तको पासोबाट फुत्किनै गाह्रो

मालिका गाउँपालिका–८ मर्भुङकी चन्द्रकला पौडेलले सूर्योदय लघुवित्तमा बचत गरेको रकम फिर्ता लिन खोजेको ७ महिना भयो । ७ वर्षदेखि लघुवित्तको बरारुख २ नम्बर केन्द्रमा रहेकी उनले आफूलाई कर्जा आवश्यक नपर्ने भएकाले बचत फिर्ता गर्न लघुवित्तका कर्मचारीसँग पटक–पटक माग गरिन् । तर, अहिलेसम्म लघुवित्तले बचत रकम फिर्ता गर्न मानेको छैन ।