नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यको सिफारिश गर्ने सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।
पुस १७ गते शुरू भएको अधिवेशन बिजनेस नभएको भन्दै ९ दिनमै अन्त्य गर्न लागिएको हो ।