ऐनविपरीत बसपार्क सञ्चालन गर्न अनुदान

उद्घाटनको एक वर्षसम्म सञ्चालन हुन नसकेको फूलबारी बसपार्क सञ्चालन गर्नका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै आर्थिक ऐनविपरीत निर्णय गरेको छ ।उपमहानगरपालिकाले आउँदो १ भदौदेखि आर्थिक ऐन २०७९ विपरीत बसपार्कमा पार्किङ गरिने बसबाट शुल्क लिनुको सट्टा सञ्चालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले १ भदौदेखि माघ मसान्तसम्म (६ महिना) बसपार्क नि:शुल्क सञ्चालन गर्ने जनाएको छ […]