श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले छाडे देश, दशकौँसम्म शासन गर्ने वंशको अन्त्य

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।  ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे मालदिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ […]

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपति राजपक्ष देश छोडेर भागे, कुन देश पुगे ?

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन्। देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन्।त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले उल्लेख गरेको छ। उनले देश छोडैसँगै श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने राजपज्ञ परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ।शनिवार हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उनी लुकिरहेका थिए। यसअघि राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने वचन दिएका थिए।उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजपक्षले पनि देश छाडेका छन् । उनी अमेरिका प्रस्थान गर्न लागेको ठानिएको छ। राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन्। मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए। श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ।महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्। पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ। देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ। अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन।संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ। यद्यपि विक्रमसिङ्घ पनि निकै अलोकप्रिय छन्। गत शनिवार प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगो लगाएका थिए। त्यतिबेला उनी र उनको परिवार घरभित्र थिएनन्। उनले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताएका छन्। तर उनले मिति भने तय गरेका छैनन्। संविधानविद्हरूका अनुसार यसले संसद्को सभामुखलाई कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने सम्भावनाको बाटो खुला गर्छ। यद्यपि महिन्द यापा अबेवर्दन राजपक्षका सहयोगी हुन्। जनताले उनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि स्पष्ट छैन।कार्यवाहक राष्ट्रपति बन्ने व्यक्तिलाई सांसदका सदस्यहरूमध्येबाट नयाँ राष्ट्रपति चयन गर्न ३० दिनको समय हुन्छ। त्यस निर्वाचनबाट विजयी व्यक्तिले सन् २०२४ को अन्त्यसम्म राजपक्षको कार्यकाल सम्हाल्न पाउनेछन्। सोमवार श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको बीबीसीसँग बताएका थिए। तर उनलाई पनि सार्वजनिक समर्थन कम छ। समग्रमा राजनीतिकर्मीहरू उनीलाई विश्वास गरेको देखिँदैन। श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने विरोधप्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन।

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् । उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् । गत […]