माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’,