प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर अमेरिकी सहयोगको एमसीसी परियोजना सम्झौता पारित गर्न सघाउन आग्रह गरेका छन् ।
भोलि बुधवारदेखि शुरू हुने संसद अधिवेशनमा सम्झौता टेबुल गर्ने तयारी गरेको सरकारले समर्थन जुटाउन सक्रियता देखाएको छ ।
प्रधानमन्त्री देउवाको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष ठाकुरले एमसीसीको समर्थन गर्ने प्रतिबद्धता जनाएका लोसपानिकट स्रोतले जानकारी दिएको छ ।
मंगलवार बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसी लागू भएमा अमेरिकी सेना आउने भ्रम फ...