गाउँमै सुविधासम्पन्न अस्पताल बनेपछि बंगलाचुली बासिन्दा दङ्ग

-गिरिराज नेपालीबंगलाचुली गाउँपालिका दाङको दुुर्गम पहाडी क्षेत्र हो, जहाँ स्वास्थ्योपचारका लागि स्थानीयवासी सहरतिर धाउन बाध्य हुँदै आएका थिए । खानेपानी, बिजुली, यातायात र अन्य भौतिक संरचनाको अभाव रहेको सो पालिकामा अब भने स्थानीयवासीले गाउँमै स्वास्थ्य उपचार पाउने भएका छन् ।स्थानीय सरकारले १५ शय्याको अस्पताल सञ्चालन गरेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था करिबकरिब अन्त्य भएको बंगलाचुुली गाउँपालिका वडा नं. ३ निवासी मेनका वलीले बताइन् । ‘अस्पतालको नाममा सानो स्वास्थ्यचौकी थियो, अहिले गाउँमा