काठमाडौं। नेपालका दुई ठूला वाणिज्य बैंक हिमालयन र इन्भेष्टमेन्ट बैंकले आज मर्जरको सम्झौता गर्ने भएका छन्। दुई बैंकका सञ्चालक समितिले आज ३ बजे मर्जरको सम्झौतापत्र एमओयूमा हस्ताक्षर गर्नेछन्। सम्झौतापछि संयुक्त टिम गठन हुने र बाँकी काम अगाडि बढ्ने बताइएको छ। मर्जरपछि पृथ्वीबहादुर पाण्डे अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुनेछन्।