नेपाल संवतअनुसार लाग्यो ११४३, नेवार समुदायमा आज म्हपूजा

काठमाडौं : नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो।राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो। यो नेपालको नाममा रहेको मौलिक संवत् हो।यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ। नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा