काठमाण्डाै - त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नागरिकलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गएकाे ४ असोजदेखि आवेदन माग गरेको थियो ।
कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना नागरिक शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।
साविकका शेयरधनी नागरिकबाट अङ्कित मूल्यको ९० प्रतिशतल...