अस्वस्थ भई अस्पताल भर्ना भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार बिहान करिब १० बजे मन्त्रालयका सचिव उदयराज सापकोटासँग छलफल गरिरहेका बेला अचानक स्वास्थ्यमा असहजता भएपछि गुरुङलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।