बिहीबारदेखि राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा एमालेको माधव कुमार नेपाल पक्षको दौडधूप बढेको छ । नेपाल पक्षले आफ्नो समूहको स्पष्ट धारणा र अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आफू पक्षको रणनीति तय गर्न सोही बैंक्वेटमा सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय समिति बैठक राखेको छ ।बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार पनि जारी छ । पहिलो दिनको बैठकमा सहभागी नभएका नेता सुरेन्द्र पाण्डे दोस्रो दिनको बैठकमा सहभागी भएका छन् ।यस्तै नेपाल सहित भीम रावल, घनश्याम भुसाल, युवराज कार्की