जुम्ला आयुर्वेद : खातामा पैसा, कार्यालय औषधिविहिन

जुम्ला- आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालीन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो ।  पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थि...