खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन् ।
काठमाडाैँ- ऊर्जामन्त्री पम्फा भुसालले आफ्नाे मन्त्रालय मातहतमा महत्त्वपूर्ण नियुक्त गर्न लागेकी छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत नियमन आयाेगमा रिक्त रहेकाे एक सदस्य पदमा नियुक्त गर्न लागेकी हुन्। ऊर्जामन्त्री पम्फा भुसालले बुधबार व्यापारिक पृष्ठभूमिमा एक व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेकी हुन्। स्राेतका अनुसार बुधबार हुन लागेकाे नियुक्तिमा आर्थिक चलखेलकाे समेत आशंका गरिएकाे छ। […]
चितवन, २५ भदौ । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात […]
काठमाडौं, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको जनाईएको छ । सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले […]
काठमाडौँ,८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकि छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ […]
काठमाडौँ, ५ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बिहीबार) मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। तस्वीर : नवीन पौडेल-रासस
ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेकी छिन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आएकी मन्त्री भुसालले संखुवासभामा निर्माणधीन अरुण तेस्रो, माथिल्लो अरुण र...
काठमाडौँ, १५ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो । -तस्बिर : रत्न श्रेष्ठ, रासस
३० असार, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । ‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र […]