नेकपा (बहुमत)ले नियमित स्कुलिङ चलाउने

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विचारधारात्मक तथा राजनीतिक कार्यमा मालेमावादी नियमित स्कुलिङ चलाउने निर्णय गरेको छ । यही जेठ ६ देखि ९ गतेसम्म काभ्रेको बनेपामा बसेको बैठकले व्युरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।यस्तै बैठकले पार्टी तथा  संगठनलाई पुनर्गठन गर्ने तथा कम्युनिष्टहरुको कार्यगत एकता गर्ने निर्णय पनि गरेको छ । यस्तै २०७७ साल फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग वार्ता गर्न हेमन्तप्रकाश ओलीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ