अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड मंगलबार खुलेको हो ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौं स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए । “सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना ले