बसपार्कको गेष्ट हाउसमा युवाको हत्या, तीनजना पक्राउ

विराटनगर : विराटनगर बसपार्कको गेष्ट हाउसमा एकजना   युवाको हत्या भएको छ। सिरहा गोलबजार घर भएका १७  वर्षे अंशु सदाको  हत्या भएको प्रहरीले जनाएको छ।अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ। सदालाई असोज २३ गतेदेखि अपहरण गरेर सो  गेष्ट हाउसमा राखेका थिए। १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ।प्रहरीका अनु