महानगरका जनप्रतिनिधिका सुविधा काटिदिए हुन्छ : रिजाल

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिको सुविधा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ । महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको भत्तासहितका सुविधा कटौती गर्न प्रस्ताव गरेका हुन् । मंगलबारको कार्यपालिका बैठकमा उनले भने, ‘अघि यहाँ जनप्रतिनिधिका सेवाका कुरा उठे । हामी जनप्रतिनिधि लोकसेवा दिएर आएका होइनौँ । जनताको मन बचन पुरा गर्न गर्न सेवा गर्न आएका हौँ ।  जनप्रतिनिधिमा भएको सुविधा पनि काट्दिनका लागि र नलिगिदिनका लागि म साथीहरुलाई अनुरोध गर्छु