संसद भंग गरी चुनावमा जाने पाकिस्तानका प्रधानमन्त्रीको घोषणा

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले वर्तमान विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अघि अगस्ट ९ मा राष्ट्रिय सभा भंग गर्ने घोषणा गरेका छन्।गएराति प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा प्रधानमन्त्रीले सो जानकारी दिएको पाकिस्तानी समाचारसंस्था डनले जनाएको छ।संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ। संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ