इजरायलमा नेपाली श्रमिकको आकर्षण : केयर गिभरसँगै नयाँ क्षेत्रमा पनि श्रमिक पठाउने तयारी

काठमाण्डौ – खोटाङका प्रताप राई इजरायलको हाइफा सिटीमा एक नर्सिङ केयर सेन्टर (स्याहार केन्द्र)मा केयर गिभरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले बिहान ८ घण्टा काममा खटिनुपर्छ । प्रतापले स्याहार केन्द्रमा रहेका वृद्धवृद्धाहरुको स्याहार गर्ने, उनीहरुलाई खाना खुवाइदिने, नुहाइदिने, घाम ताप्न लगिदिने लगायत काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको चार महिना बितिसक्यो । प्रताप इजरायलको रोजगारी र आफूले गर्ने कामप्रति सन्तुष्ट हुनुहुन्छ । पहिले विद्यालयमा बित्ने प्रतापको समय अहिले नर्सिङ केयर सेन्टरमा बित्छ । यी सेन्टर वृद्धाश्रम जस्तै हुन् । ...