उदयपुरमा निर्वाचन : सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय

उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (द

सम्बन्धित सामग्री

बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल

बागलुङ । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलिय गठबन्धन अधिकांस स्थानीय तहमा सफल भएको छ ।जिल्लाको दश वटा स्थानीय तह र ८५ वटा वडा मध्ये अधिकांस पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् । मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी […] The post बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरको स्थानीय तहमा कहाँ कसले जिते ?

मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । यसमध्ये नेपाली काँग्रेसले सर्वाधिक ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।नेकपा एमाले दुईवटा स्थानीय तहमा सीमित बन्दा माओवादीले १ वटा स्थानीय तह आफ्नो नाममा गर्न सफल भएको छ । जिल्लामा रहेको हेटौँडा उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइरहेकी छन् ।यी हुन् मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुःअध्यक्षः रन्जन कालाखेति,गठबन्धन नेपाली काँग्रेस

धनकुटाका ४ स्थानीय तहमा गठबन्धन र २ स्थानीय तहमा एमाले विजयी

धनकुटा : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेकाे छ। अहिलेसम्म धनकुटाका ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ भने एउटा स्थानीय तहको मत गणना भइरहेको छ।धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौबिसे, साँगुरीगढी र छथर जोरपाटी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ।धनकुटाको सहिदभूमि गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ। धनकुटाको मत गणना सम्पन्न भएका स्थानीय तहमा एमालेले २ र गठबन्धनले ४ वटा स्थानीय तह प्रमुख जितेको छ।धनकुटा नगरपालिकामा नेकपा एम

रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन

१४ वैशाख रोल्पा । १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् । रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । […]

धनकुटामा सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म

दैलेखमा गठबन्धन, कुन स्थानीय तह कसको भागमा ?

दैलेख : लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबण्डा टुंगीएको छ।जिल्लामा भागबण्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबण्डा मिलाएको हो।एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दैलेखमा गठबन्धनले भागबन्डा टुंग्याएकाे उल्लेख गरेका छन्।उनले दैलेखका ११ स्थानीय तह मध्ये समाजवादीले तीन स्थानीय तहमा प्रमुख, कांग्रेसले छ स्थानीय तहमा प्रमुख र माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख पाएको उल्लेख गरेका छन्। यही

नुवाकोटको तीन स्थानीय तहमा गठबन्धन बन्यो, ९ वटामा प्रयास जारी

स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।यस्तै विदूर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग्रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति

केन्द्रमा मेल, स्थानीय तहमा बेमेल

काठमाडौं, बैशाख ५ । सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबन्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ। स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा नमिलेपछि समस्या उत्पन्न भएको हो। केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी तालमेल गर्ने भने […]

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गरिने

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।सोमबार सत्ता गठबन्नधनमा सहभागी दलका जिल्ला नेताहरुको बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति राजेश्वर […]

भरतपुर महानगरसहित चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय

चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ ।  तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ । काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले  स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख