नेपालगञ्ज – बर्दियाकी कोरोना संक्रमित महिलाकाे उपचारकाे क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका- ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हाे। फागुन २ गते भेरीमा पीसीआर गर्दा काेराेना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]