टेकराज भुसाल, बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस र एमबीएस कार्यक्रम बन्द नगर्न आग्रह गर्दै अखिल (छैठौं) लुम्बिनी वाणिज्य क्याम्पस इकाई समितिले क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्याय लाई ज्ञापनपत्र बुझाएको छ।
स्वायत्तताका नाममा २५ वर्षदेखि सञ्चालन हुँदै आएका बीबीस तथा एमबीस जस्ता त्रिभुवन विश्व बिद्यालयका कार्यक्रमहरु बन्द गराउन लागेको र ती कार्यक्रमहरु बन्द गराउन नहुने भन्दै छैठौंले बुधबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा क्याम्पसका स्वायत्तताका कार्यक्रमले गर्दा आर्थिक रुपले विपन्न विद्यार्थीहरु शिक्षाको पहुँचबाट टाढा हुने अवस्था सिर्जना हुने भन्दै तत्काल स्वायत्तता कार्यक्रम बन्द गरि बिगत देखि सञ्चालन हुँदै आएका कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको छ।
साथै क्याम्पस प्रशासनले विश्व बिद्यालयको अवधारणालाई प्रादेशिक विश्व विद्यालय वा अन्य कुनै विकल्पको ठोस कार्ययोजना सहित स्रोत साधनको सुनिश्चितता गरेर अगाडि बढ्न समेत अखिल (छैठौं) ले अनुरोध गरेको छ।