विहानैदेखि चर्केको घाम, त्यसमाथि सुन्दरीजलको ठाडो उकालो । निधारबाट पसिना छुट्न थाल्यो । हाइकिङको फाइदा यहि त हो, पसिना निस्कन्छ । पसिनासंगै शरीरमा जमेका विकार बाहिरिन्छ । ध्यान दिऔं–जति पसिना निस्कन्छ त्यति नै पानी पिउनु पर्छ नत्र डिहाइड्रेसन हुन सक्छ ।