चीन : शङ्घाईमा तीन जनामा काेराेना सङ्क्रमण देखिएपछि उडान रद्द गरियो, केही विद्यालय बन्द

काठमाण्डाै – चीनले आफ्नो कडा कोभिड नीति जारी राखेका कारण शङ्घाईमा तीन जनामा काेराेना सङ्क्रमण देखिएपछि सयौँ उडान रद्द गरिनुका साथै केही विद्यालय पनि बन्द गरिएकाे छ । शङ्घाईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । हिजाे बिहीवार बेलुकी भएकाे पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । आज शुक्रवार शङ्घाईका दुई प्रमुख विमानस्थलबाट पाँच सयभन्दा बढी उडान रद्द गरिएकाे सम्बन्धित अधिकारीहरूले ज...