मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै […]

सम्बन्धित सामग्री

मध्यपुरथिमिको मिनी कोसीटप्पुमा गरुड भेटियो

मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ । टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्