लोक सेवा आयोगको सम्पूर्ण परीक्षा स्थगित

लोक सेवा आयोगको सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित भएको छ । आयोगको परीक्षा संचालनको शाखाको आज बिहिबार बसेको बैठकले  पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको हो ।लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखा परेको कारण समेतले आगामी २०७८ माघ ११ गते देखि २०७८ माघ मसान्तसम्म आयोगबाट संचालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगन गर्ने र माघ ११ गते देखि माघ मसान्तसम्म स्थगित गरिएका तथा फागुन १ गते देखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा ७ (सात) दिनको पूर्व सूचना दिई पून:तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय आयोगले गरेको छ । लिखित परीक्षा बाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने आयोगले निर्णय गरेको छ।

सम्बन्धित सामग्री

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रवेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।