मंसिर २७, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले शाखा प्रमुख स्तरीय दुई दिने गोष्ठी आयोजना गरेको छ ।
पोखरामा आयोजित गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता कम्पनीका प्रवन्ध सञ्चालक केशव नारायण प्रधानले गरेका थिए ।
उनले शाखा कार्यालयमा देखिएका समस्याहरु, लक्ष्य हासिलका लागि अपनाइने आगामी योजना र समस्या समाधानका उपायहरुको वारेमा विस्तृत छलफल भई कम्पनीको नीतिनियमको परिधिमा रही कारोबार सञ्चालन गर्न निर्देशन दिएका थिए ।
कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ठ भएका शाखाहरुलाई सञ्चालक विश्व नेपाल, प्रवन्ध सञ्चालक केशव नारायण प्रधानलगायतले सम्मानगर्दै प्रमाणपत्र वितरण गरेका थिए ।
उद्घाटन सत्रको सञ्चालन वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले गरेका थिए भने सहजीकरण अधिकृत याम प्रसाद अर्यालले गरेका थिए । गोष्ठीमा ९१ ओटा शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।