विद्युत् प्राधिकरणको पोल चोरेर अन्यत्र बेचेको आरोपमा ८ जना ठेकेदार र व्यापारी पक्राउ

 विद्युत् प्राधिकरणको पोल चोरेर अनधिकृत प्रयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जना ठेकेदार र ३ जना व्यापारीलाई पक्राउ गरेको छ । कर्मचारीसँग मिलेर पोल अनधिकृत प्रयोग गरेको आरोपमा ठेकेदार र व्यापारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ठेकेदार सुदर्शन लामिछाने, कृष्ण खरेल र नवराज कार्की लगायत छन् । विद्युत् प्राधिकरणसँग मिलेर ब्युरोले पोल चोरी गर्ने व्यापारी र ठेकेदारमाथि अपरेसन चलाएको थियो ।