काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको मौसमविद्ले बताएका छन् ।
मनसुन निष्क्रिय भएकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन । तर आज बेलुका पछि भने मौसम बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्य खालको क्षणिक वर्षाको हुन सक्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
मौसमविद्का अनुसार स्थानीय वायु सक्रिय हुँदा घामसँगै केही ठाउँमा सामान्य...