चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनलाई बेइजिङविरुद्ध युरोपलाई साझेदार नबनाउन चेतावनी दिएका छन् ।
चीनलाई विश्वव्यापी व्यापार र प्रविधि सञ्जालबाट बाहिर राख्न कोशिश गर्दा शीतयुद्ध पुनः चर्किने जोखिम रहेको उनले बताए ।
सीले विश्व आर्थिक मञ्चलाई भर्चुअल रूपमा गरेको सम्बोधन चीनले शक्ति प्रदर्शन गरेको अनि अमेरिकाका नयाँ राष्ट्रपतिलाई रेड लाइन यो हो भनी देखाउन कोशिश गरेको सन्दर्भमा आएको हो ।
बाइडनको टोलीले चीनको आर्थिक मोडलको सामना गर्न लोकतन्त्रहरूको गठबन्धन बनाउन आह्वान गरेकोमा...