धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने मुलुकको सूचीमा चीन, रुस र इरानलाई राख्यो अमेरिकाले

अमेरिकाले चीन र रुससहितका १० वटा मुलुकलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनकर्ताको सूचीमा राखेको छ ।  अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले एक बयान जारी गर्दै बाइडन प्रशासन प्रत्येक व्यक्तिको धार्मिक स्वतन्त्रताको अधिकारलाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । यस मानवअधिकारका उल्लंघनकर्ताको सामना तथा प्रतिकार गर्ने उनको भनाइ छ ।  बर्मा, चीन, इरिट्रिया, इरान, उत्तर कोरिया, पाकिस्तान, रुस, साउदी अरब, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई उक्त सूचीमा राखिएको ब्लिन्केनले बताए । अल्जेरिया, कोमोरोस र निकारागुआलाई विशेष ...