जुत्ता–चप्पल राख्नै सकस

जीवनराम श्रेष्ठ गत असार २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त हुनुभएपछि दलबलसहित पशुपति क्षेत्र जानुभयो । पशुपतिनाथको मूल प्रवेशद्वार अगाडि उहाँले खिचाएको तस्बिरको सामाजिक सञ्जालमा निकै आलोचना भयो । कारण थियो– अन्य भक्तजनले जुत्ता–चप्पल लगाएर जान नपाइने ठाउँमा उहाँहरूले जुत्ता लगाएर खिचिएको तस्बिर ।