काठमाण्डौ – नेपालबाट कतार जाने यात्रुले अनिवार्य रुपमा होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।
कतार सरकारले अगस्ट दुईदेखि लागू हुने गरि नयाँ ट्राभल गाइडलाइन जारी गरेको छ । योसँगै नेपालबाट कतार जाने यात्रुलाई कोरोना विरुद्धको खोप लगाएको भए पनि होटेल क्वरेण्टीन अनिवार्य गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
योभन्दा पहिले जुलाई १२ देखि कतारले कोरोना खोप लगाएकालाई क्वरेण्टीन बस्नु नपर्ने नियम लागू गरेको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कतार सरकारले थप कडाइ गरेको हो ।...