ओलीमाथि नेपालका आरोपै–आरोप: नेकपा विभाजनमा हर्षबढाइँ, एमाले विभाजनको सुनियोजित खेल [पूर्णपाठ]

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हर्षबढाइँ गरेर सुनियोजित रूपमा पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका छन् ।  बुधवारदेखि ललितपुरमा शुरू आफूपक्षीय कार्यकर्ता भेलाको बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । ‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अगाडिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्य...