प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने