भारतलाई मात्रै गाली नगरौँ, नेताहरू सुध्रिए पुग्छ

भारत भन्नाले भारतीय जनता र भारतीय शासक बुझिन्छ। भारतीय जनताका बीच नेपाली जनताको परापूर्व कालदेखि सुमधुर र मित्रतापूर्ण सम्बन्ध रही आएको छ र भोलि पनि रहनेछ।तर, भारतीय शासक भने इस्टइन्डिया कम्पनी सरकार उपनिवेश चरित्रलाई हुबहु आत्मसात गरेको हुँदा नेपाललगायत साना मुलुकप्रति हेलाहोचो गर्ने प्रवृत्ति कायम रहेको देखिन्छ।तर, पनि आन्तरिक पक्ष नै अग्रगमन र प्रतिगमनको प्राथमिक कारण भएझैँ भारतीय शासकबाट नेपाल हेपिनुमा केही नेपाली नेता र शासक पहिलो दोषी हो र यस्तो तथ्यलाई बिर्सिएर भारतको मात्र एकोह

सम्बन्धित सामग्री

परिवर्तन भइरहेको छ

मुलुकमा परिवर्तन भइरहेको छ । पञ्चायत निरंकुश थियो, त्यसलाई ढाल्न विपरीतमुखी कांग्रेस र वामपन्थी दलहरूमा एकता भयो । त्यो एकतामाथि नेताहरूलाई विश्वास भएन, न त जनतामाथि नै पूर्ण विश्वास । भारतलाई गुहारे । भारतीय नेता चन्द्रशेखर यहाँ आएर क्रान्तिकारी भाषण नै ठोक्नुप¥यो । त्यतिले पनि पुगेन । उनले बोलेको भाषणको क्यासेट बनाएर गाउँगाउँसम्म पु¥याइयो । पञ्चायतको निरंकुशतादेखि जनताले पनि मुक्ति चाहेका थिए, साथ दिए । परिवर्तन भयो । नेताहरूले राजधानीको टुँडीखेलमा मात्र भुकेनन् । जिल्ला जिल्लामा पुगेर नेपालमा अब आर्थिक क्रान्ति भएर विकासको खोलो नै बग्ने घोषणा गरे । जनताले पत्याए । नेताहरू मिलेर संविधान बनाए, जनताले स्वीकारे ।