लामो समयदेखि प्रक्रियामा रहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न मोबाइल व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा अवैध बाटोबाट मोबाइल आयात नरोकिएको भन्दै व्यवसायीहरुले तत्काल एमडिएमएस प्रणाली लागू गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल वितरक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मोबाइल इम्पोटर एशोसिएसनका अध्यक्ष दिपक मल्होत्राले सरकारले मोबाइल फोनलाई बिलासी वस्तुमा रुपमा राखेर गल्ती गरिरहेको बताए । उनले सरकारले