काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) पार्टीले निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क खानेपानीलगायत व्यवस्था गर्ने घोषणा गरेको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा जटिलखालका शल्यक्रियाबाहेकका उपचार निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।
“जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया)बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,” घोषणापत्रमा...