सासु कुट्ने दुई बुहारी पक्राउ

अछाम : अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन।सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। सार्वजनिक भएको भिडियोमा उनीहरुले न

सम्बन्धित सामग्री

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय […] The post बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँबाट आमा मार्ने छोरा र बुहारी पक्राउ

काठमाडाैं । तनहुँको बन्दीपुरबाट आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी रहेका हुन् । ८४ वर्षीय माया सार्की मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले मृतक मायाका छोरा र बुहारीलाई पक्राउ गरेको हो । पक्राउ परेका […]

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई  बुहारी बलात्कारको आरोपमा प्रहरीले  पक्राउ  गरेको छ। २१ वर्षीया बुहारीले जबरजस्ती करणी  उद्योगमा जाहेरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।केही दिनअघि आफूलाई बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरी उल्लेख छ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी हुन् । सो घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिर्पट प्रहार गरी सासुकाे हत्या गर्ने बुहारी पक्राउ

सिन्धुपाल्चोक : कामीढिण्डु लामाको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुहारी २३ वर्षीया रीता तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।जिल्लाकाे हेलम्बु गाउँपालिका १ गोवागाङ बस्ने ८० वर्षीया लामालाई घरायसी विवादमा रीताले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्।घाइते लामाकाे स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियाे।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिर

आफ्नै भतिजी बुहारी बिनुलाई जबर्जस्ती करणी गर्न खोज्ने पवन कठायत पक्राउ

काठमाडौं । आफ्नै भतिजी बुहारी बिनु यादवलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेका रामेछापका पवन कठायत पक्राउ परेका छन् । उनले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष […]

बुहारी जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको […]

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

६ फागुन, दाङ । प्रहरीले सासुको हत्या गरेको ओरोपमा बुहारीलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी  इन्द्राकुमारी  राति अबेरसम्म […]

सासुको हत्या आरोपमा छिमेकीसहित बुहारी पक्राउ

दाङ : दाङमा प्रहरीले सासुको हत्या गरेको आरोपमा छिमेकीसहित बुहारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।५५ वर्षीया सासु इन्द्रकुमारी घर्ती र बुहारी बसन्तीबीच घरायसी विवादका कारण बसन्तीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काएकी थिइन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार बुधबार बिहान इन्द्रकुमारी घरनजिकै छिमेकीको

लागुऔषधसहित सासू–बुहारी पक्राउ

सुर्खेतको वीरेन्द्रनगर बजारबाट लागुऔषधसहित सासू–बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार राति १० बजेतिर करिब १५ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो