रोल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ । रोल्पाको लिबाङमा आज बिहीवारदेखि सुरु भएको प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरेको अल्लो कपडा लगायतका उत्पादनलाई बजारीकरण गर्न प्रदेश सरकारले आउँदो वर्षको बजेटमा विशेष प्राथमिकता दिने मुख्यमन्त्री केसीले जानकारी दिनुभयो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चा...