अमेरिकामा विमान परिचारिकाको दाँत भाँच्ने महिलालाई १५ महिना जेल

सान डिएगो । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । सान डिएगोका संघीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार ५०० डलर जरिवाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन...