लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिंदै नागरिकता विधेयक प्रमाणित नभएर लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने …